
प्रेश विज्ञप्ति-गणतन्त्र दिवस, २०८० मनाइएको
गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमको प्रारम्भमा राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र गणतन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो। तत्पश्चात् सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। पाकिस्तानका लागि