राजदूतावासबाट तोकिएको सेवा शुल्क सम्बन्धी विवरण

यस राजदूतावासबाट सम्बन्धित नेपाली नागरिकहरुलाई प्रदान हुने सेवाका लागि मिति २०७९ चैत्र १६ गते देखि लागू हुने गरि परिमार्जन गरिएको सेवा शुल्कको विवरण

क्र.सं. सेवाको किसिम राजस्व दस्तुर दर (पा.रु.)
1. राहदानी (३४ र ६६ पृष्ठको ePassport) 23,200 (३४ पृष्ठको)

37,700 (६६ पृष्ठको)

2. राहदानी (इरानमा रहेका नेपालीका लागि) 14,500/-
3. राहदानी (दश वर्ष भन्दा कम उमेरका नावालकका लागि) 11,600/-
4. राहदानी (हराएको वा बिग्रिएको अवस्थाका राहदानीको हकमा) 46,400/-
5. यात्रा अनुमतिपत्र 14,500/-
7. कल्याणकारी सेवाहरु

(अङ्क प्रत्यारोपण सिफारिस, मृतकको शव सम्बन्धी सिफारिस, खोजतलास तथा उद्दारसम्बन्धी, घाइते तथा मृतकको क्षतिपूर्तिसम्बन्धी निवेदन वा अन्य यस्तै प्रकारका सेवाहरु, कलेज तथा विद्यालय भर्ना सम्बन्धी सिफारिस, डेरा खोज्नका लागि आवश्यक पर्ने लगायतका सिफारिस)

निःशुल्क
८. कागजात प्रमाणीकरण
क. मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता वा अन्य यस्तै प्रकारका श्रमसम्बन्धी सेवाहरु, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/मृत्यु दर्ता/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु) 11,600/-
ख. शैक्षिक प्रमाणपत्र एवम् अध्ययन प्रयोजनका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरु 1,450/-
ग. श्रम गन्तव्य मुलुकमा रहेका सम्बन्धित नेपालीहरुलाई आवश्यक पर्ने साधारण प्रकृतिका सिफारिसहरु 2,900/-
घ. बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा वसाई सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजातहरु 14,500/-
ङ. अधिकृत वारेसनामा प्रमाणीकरण 29,000/-
9. मागपत्र प्रमाणीकरण/सेट (25 जना सम्मको लागि) 72,500/-
10 मागपत्र प्रमाणीकरण/सेट (26-100 जना सम्मको लागि) 87,000/-
11 मागपत्र प्रमाणीकरण/सेट (101 वा सो भन्दा माथिको जना सम्मको लागि) 101,500/-
12 मागपत्र सम्बन्धी कागजात संशोधन प्रति कागजात 29,000/-