पाकिस्तान भ्रमण गर्ने नेपाली नागरिकहरूलाई सूचना

भारतको बाटो हुँदै सतह/स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोप लगायतका कागजातहरू दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रकृयामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजात, भिषा एवं खोप कार्ड लगायतका कागजातहरू दुरूस्त रहेको यकीन गरेर मात्र भ्रमण गर्नुहुन अनुरोध गरिएको छ।