तुर्कीयको इस्तानबुलमा घुम्ती सेवा संचालन हुने बारेमा जरुरी सूचना

तुर्कीयको इस्तानबुल र वरपरका क्षेत्रहरुमा रहने नेपाली नागरिकहरुलाई राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले यस राजदूतावासले राहदानी विभाग, त्रिपुरेश्वरसँगको सहकार्यमा देहायको मिति, समय र स्थानमा घुम्ती सेवा सञ्चालन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

मितिः २०८१ असोज १० देखी १३ गते सम्म (२६ देखि २९ सेप्टेम्बर २०२४)
समयः विहान ९ देखी बेलुका ५ बजे सम्म
सेवाः राहदानी नवीकरणका लागि लाइभ इनरोजमेन्ट (ePassport Live Enrollment)
कार्यक्रम स्थलः
Taksim Pandora Residence
(Ground Floor)
In front of the Himalayan Restaurant
Kalyoncu Kullugu No.13/1, 34435
Beyoglu Istanbul, Turkey

राहदानी आवेदन दिने तरिकाः

  1. https://emrtds.nepalpassport.gov.npलिंकमा प्रवेश गरी Types of Application मा राहदानीको अवस्थाअनुसार कुनै एक आवेदनको प्रकार छान्ने।

New: विदेशमा जन्मेका सन्तान र हस्तलिखित राहदानी बाहकको हकमा मात्र
Renewal: पुरानो MRP हुनेहरुले एक वर्ष भन्दा कम अवधि रहेको राहदानी नवीकरण गर्दा
Lost/Stolen: हालको राहदानी हराएको हकमा हराएको/चोरिएको
Damaged: हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा

2. त्यसपछि Ordinary 34 pages छान्ने।

3. Appointment country मा Other छान्ने र Appointment Location मा NE, Islamabad छान्ने।

4. Select Date भन्ने ठाउँमा अनुकूल हुने 26, 27, 28, 29 Sept. 2024 मध्ये कुनै एक दिन र समय छान्ने।

5. Demographic Information मा आफ्नो, Citizenship Information मा नागरिकता सम्बन्धी, Contact Details मा आफ्नो, Emergency Contact मा नेपालमा सम्पर्क गर्ने परिवारको सदस्यको र Last/Current Passport Information मा हालको राहदानीको विवरण शुद्धसँग भर्ने। विवरण शुद्ध नभएमा राहदानीमा त्रुटिपूर्ण विवरण उल्लेख हुने भएकोले पुनः बनाउँदा दोब्बर दस्तुर लाग्ने साथै समय लामो लाग्न जाने भएकोले विशेष ध्यान दिन अनुरोध। राष्ट्रिय परिचयपत्र नं राख्नु नपर्ने।

6. तत्पश्चात नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको bio page र पछाडिको पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै 300 kb भन्दा कम रिजोल्युशनमा स्कयान गरी रंगीन अपलोड गर्ने।

7. तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने।

8. फारम बुझाए पछि यो गुगल फारम अनिवार्य भरिदिने। https://forms.gle/dMAfMZY3VZZk4HoV9  (कुनै कारणले ePassport को अनलाइन फारम भर्न संभव नभएमा पनि यो फारम भर्न सकिने)

9. केही दिन भित्र WhatsApp वा इमेल मा मेसेज आउनेछ। उक्त मेसेज प्राप्त भएपश्चात तोकिएको दिन र समयमा माथि नं. ७ बमोजिमको कन्फर्मेशन पृष्ठ, राहदानी सक्कल, नागरिकताको प्रमाणपत्र लगायतका कागजातहरु सहित राहदानी नवीकरण शुल्क अमेरिकी डलर ८० र हराएको/ब्रिग्रेको/नासिएको/च्यातिएको हकमा सोको दोब्बर (वा अन्यको हकमा तोकिएबमोजिमको) दस्तुर नगदै लिई स्वयं ePassport live enrollment का लागि आउने।

10. अन्य कन्सुलर सेवाका लागि राजदूतावासको https://pk.nepalembassy.gov.np/ मा तोकिएबमोजिमका कागजात र शुल्क लाग्ने र कन्सुलर सम्बन्धी कामहरु ३० सेप्टेम्बर २०२४ (१४ असोज २०८१) मा सम्पन्न गरिने व्यहोरा पनि जानकारी गराइएको छ। कन्सुलर सेवा लिन चाहाने नेपाली नागरिकहरुले https://forms.gle/6T3LKMz5JemoLE1J6 मा गई विवरण भर्न र तोकिएको दिन र समयमा आवश्यक सेवा लिन सक्नुहुने व्यहोरा पनि अनुरोध छ।

थप र अद्यावधिक जानकारीका लागि यस राजदूतावासको वेवसाइट https://pk.nepalembassy.gov.np/  हेर्न र दूतावास एवं राहदानी विभागका देहायका नम्बर/इमेलमा सम्पर्क गर्न सकिने व्यहोरा पनि अनुरोध छः

नेपाली राजदूतावास, इस्लामाबाद +92 51 2610321 (WhatsApp पनि चल्ने)
+९२३३१७५७९४५६
+92 331 3293119
राहदानी विभाग, त्रिपुरेश्वर +९७७ ९८४१८१५६१६
Email: eonislamabad@mofa.gov.np

_____________________

नेपाली राजदूतावास
इस्लामाबाद।
२८ अगस्ट २०२४