ई-पासपोर्ट सम्बन्धी सूचना

नेपाली दूतावास, इस्लामाबादमा ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका

  • राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायका चारमध्ये राहदानीको अवस्थाअनुसार कुनै एक आवेदनको प्रकार छान्ने।
    • New: पहिलो पटक राहदानी बनाउने भए (नेपाली बाबु आमाका विदेशमा जन्मेका सन्तानको हकमा मात्र) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ राहदानी बनाउँदा
    • Renewal: पुरानो MRP हुनेहरुले नवीकरण गर्दा
    • Lost/Stolen: हालको राहदानी हराएको हकमा हराएको/चोरिएको
    • Damaged: हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा
  • त्यसपछि Ordinary छान्ने र आवश्यकताअनुसार 34 pages वा 66 pages भन्ने छान्ने।
  • त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु शुद्धसँग भर्ने। इस्लामाबादमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं राख्नु नपर्ने।
  • आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात (बुँदा नं. ६ बमोजिम ) छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने।
  • Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Islamabad अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने। बुंकिग गरेको मितिमा बिहान ९ बजे देखि अपरान्ह १ बजेसम्म राजदूतावासमा आउन सकिने।
  • तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ। फारमका साथमा नागरिकताको प्रमाणपत्र, पुरानो राहदानी सक्कलै र 34 पृष्ठको राहदानीको लागि अमेरिकी डलर ८० र ६६ पृष्ठको राहदानीको लागि अ.ड. १३०  र हराएको/ब्रिग्रेको/नासिएको/च्यातिएको हकमा सोको दोब्बर बराबर दूतावासले तोकेको स्थानीय मुद्रा सँगै ल्याउनुपर्ने छ। थप जानकारीका लागि यो वेवसाइटको Consular Services भित्र गई राहदानी र अन्य कन्सुलर सेवा भन्ने पेज खोल्नुहोला।

उपर्युक्तबमोजिमको प्रकृया गर्दा कुनै समस्या भएमा वा यस सम्बन्धमा थप जानकारी चाहिएमा नेपाली राजदूतावास, इस्लामाबादमा सम्पर्क गर्नुहोला।

Embassy of Nepal
House No. 6
Gomal Road,
Sector E-7, Islamabad
Pakistan

Telephones:
Tel: (+92-51) 2610317, 2610318
Fax: (+92-51) 2610320

Email: eonislamabad@mofa.gov.npeonislamabad@gmail.com