प्रेश विज्ञप्ति-गणतन्त्र दिवस, २०८१ मनाइएको

गणतन्त्र दिवस, २०८१ को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो। राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र गणतन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो।

उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गणतन्त्र दिवसको महत्वको बारेमा चर्चा गर्नुहुँदै नेपालीहरूको लामो संघर्ष एवं अमर सहिदहरुको त्याग र बलिदानबाट प्राप्त गणतन्त्र नेपाल र नेपालीको विकास र समुन्नतिका लागि अभिन्न बन्न भएको हुँदा गणतन्त्रलाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरु, नेपाली विद्यार्थीहरु एवम् नेपाल सरकारका कर्मचारी/सैनिकहरू र राजदूतावास परिवारको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसको अवसरमा हिजो साँझ राजदूतावासमा दीपावली गरिएको र आज र भोली साँझमा समेत दीपावली गरी मनाउने कार्यक्रम रहेको छ।

_________
नेपाली राजदूतावास
इस्लामाबाद
१५ जेठ २०८१