नेपाली राजदूतावासको सूचना

किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा घटेका घटनाका सन्दर्भमा करीब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपालीहरु हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ।

साथै, कुनै प्रकारको समस्या परेमा यस राजदूतावासमा वा स्थानीय नेपालीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध छ।

यस विषयमा कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा यस राजदूतावासको फोन नं. +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने व्यहोरा पनि जानकारी गराइएको छ।

____________

नेपाली राजदूतावास
२०८१ जेठ ५