मेसिनले पढ्न सक्ने राहदानी(Machine Readable Passport, MRP)
मेसिनले पढ्न सक्ने राहदानी (Machine Readable Passport) लाई संक्षिप्त रुपमा एमआरपि (MRP) भनिन्छ । यो राहदानीको डाटा पेज (फोटो सहित अन्य विवरण भएको पेज नं ३) मा रहेका सूचनाहरु विषेश प्रकारको मेसिनमा राखे पश्चात मेसिनद्वारा extract गर्न सकिन्छ । हातले लेखेको हस्त लिखित राहदानीको तुलनामा यो सजिलो र सुरक्षित हुन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ICAO को नियम अनुसार सन् २०१५ नोभेम्बर २४ पछि विदेश यात्रा गर्नका लागि एमआरपी मात्र मान्यहुने हुँदा विदेश यात्रा गर्न चाहाने सबैले सो अघिनै एमआरपि बनाउनु पर्दछ ।
हस्तलिखित राहदानी वहाल रहेपनि एमआरपि लिन सकिने
यस अघि हस्तलिखित राहदानी लिएकाहरुको हकमा उक्त राहदानीको म्यादबाँकी भएता पनि नयाँ एमआरपि लिनका लागि आबेदन दिन सकिने छ ।
राहदानी आवेदन दिने तरिका
यस दूतावासको कार्यक्षेत्र १.पाकिस्तान २.अफगानिस्तान ३.इरान ४.इराक र ५. टर्की रहेको हुँदा त्यहाँ रहेका नेपालीहरुले नेपाली राहदानीका निमित्त यस दूतावास समक्ष निवेदन दिन सक्नेछन ।
- राहदानीका निमित्त आवश्यक कागजातहरु
क) रित पूर्वक भरिएको दरखास्त फाराम २ प्रति,
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि
ग) ६ महिना भित्र खिचेको तोकिएको मापदण्ड पुगेको रंगिन फोटो ४ प्रति
घ) पुरानो राहदानी
ङ) उक्त देशमा रहेको प्रमाणजनाउने कुनै एक कागजात(जस्तै,रेसिडेन्ट कार्ड,कम्पनी परिचयपत्र, entry stamp सहितको भिसा आदि)
च) राहदानी हराएकोमा स्थानीय प्रहरीको प्रतिवेदन सक्कल प्रति तथा सोको एक प्रति प्रतिलिपि
नेपाली आमा बावुबाट विदेशमा जन्मने नावालकहरुको हकमा राहदानीका लागि आवेदन दिंदाः
क) रित पूर्वक भरिएको दरखास्त फाराम २ प्रति,
ख) आमा बावु दुवैजनाको नागरिकताको प्रतिलिपि
ग) आमा बावु दुबैको नेपाली राहदानीको प्रतिलिपि
ग) आमा बावुको विवाहदर्ताको प्रमाणपत्र
घ) नावालकको जन्मदर्ताको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपि
ङ) ६ महिना भित्र खिचेको तोकिएको मापदण्ड बमोजिमको रंगिन फोटो ४ प्रति
पाकिस्तानमा रहेका नेपाली नागरिकहरुले आवेदन दिने तरीकाः
पाकिस्तानमा रहेका नेपाली नागरिकहरुले आवेदन दिँदा माथिका कागजातहरु सहित आवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्नेछ । तर कराँची हैदराबाद, जोमसेरो र क्वेटामा रहेका नेपालीहरुले ईमेल मार्फत अफगानिस्तान, ईरान, ईराक, टर्कीमा रहेका नेपाली नागरिक सरह आवेदन दिन सक्नेछन् ।
दुताबासमा स्वयं उपस्थित भै आबेदन दिदा फोटो ३५x ४५ एम.एम. आकारको हुनु पर्दछ । फोटो सम्बन्धी विस्तृत जानकारीका लागि यहा क्लिक गर्नु होला
अफगानिस्तान,इरान,इराक तथा टर्कीमा रहेका नेपाली नागरिकहरुले आवेदन दिने तरिकाः
अफगानिस्तान, इरान,इराक तथा टर्कीमा रहेका नेपाली नागरिकहरुले आवेदन दिँदा सजिलोका लागि निम्न तरिका अपनाउनु पर्दछ ।
क) सर्वप्रथम राहदानीका निमित्त आवश्यक माथी उल्लिखित कागजातहरुको रङ्गिन scan प्रति तथा डिजिटल फोटो दूतावासको ईमेलमा पठाउने
ख) दूतावासवाट कागजात रुजुगरी ठीक रहेको पाईएमा सोको जानकारी ईमेलबाट प्राप्त भएपछि मात्र राहदानीको निमित्त लाग्ने दस्तुर पठाउने ।
ग) राहदानीको निमित्त फोटो पठाउदा डिजिटल प्रति पठाउनु पर्दछ र दूतावासवाट प्रिन्टगरी तयार गरिन्छ । फोटोको मापदण्ड
i) स्पष्ट र दुबै कान देखिने ,
ii) प्राकृतिक देखिने,
iii) फोकस मिलेको
iv) उच्च रिजोलुसन (7oox9oo dpi भन्दावढी) को
v) फोटो आफै पनि खिच्न सकिने भएता पनि गुणस्तर मिल्न कठिन हुने हुँदा फोटो स्टुडियोमा खिचेको पठाउनु उपयुक्त हुन्छ ।
vi) फोटो सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला
ङ) आवेदन स्वीकृत भै राहदानी तयार भए पछि दूतावासले सो को जानकारी आवेदकलाई गराउनेछ । त्यस पछि पुरानो राहदानी सहित सम्पूर्ण सक्कल कागजात कुरियरगरी दूतावासमा पठाउने र नागरिकता, पुरानो राहदानी र अन्य आवश्यक कागजातहरु दूतावासवाट कुरियर मार्फतनै नयाँ राहदानी सहित फिर्ता गरिन्छ ।
च) राहदानीको निमित्त भरिने आवेदनको थप जानकारीका लागि यहाँ ल्किक गर्नुहोला ।
राहदानीको निवेदन फाराम कसरी भर्ने भनी जानकारी लिन यसमा क्लिक गर्नुहोस ।
राहदानीको निमित्त राजश्व दस्तुरः
- पाकिस्तान, अफगानिस्तान र टर्कीमा रहेका नेपालीहरुका लागिः- पाकिस्तानी रुपिया ८८००।००
- ईरान र ईराकमा रहेका नेपालीहरुका लागिः- पाकिस्तानी रुपिया ५,५००।००
विशेष परिस्थिति परेकोमा बाहेक पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयाँ राहदानी जारी गर्नुपर्दा त्यस्तो राहदानी बापत माथि उल्लिखित दस्तुरको दोब्बर दस्तूर (अर्थात पाकिस्तान, अफगानिस्तान र टर्कीमा रहेका नेपालीहरुका हकमा पाकिस्तानी रुपिया १७,६००।०० तथा ईरान र ईराकमा रहेका नेपालीहरुका लागि पाकिस्तानी रुपिया ११,०००।०० ) लाग्नेछ ।
राहदानी कुरियर मार्फत पठाउनु परेमा सो को दस्तुर तथा डिजिटल फोटो धुलाई गर्नु परेमा सो समेत आबेदकले व्यहोर्नु पर्दछ ।
नोटः कागजातहरु सहित आवेदन दिई दूतावासबाट सो को स्विकृति भएको जानकारी दिए पश्चातमात्र यसको निमित्त लाग्ने दस्तुर पठाउनु पर्दछ
राहदानी फाराम यहाँबाट डाउनलोड गर्नुहोस
लाग्ने समयः
राहदानीको निमित्त दिएको आवेदन स्वीकृत भै रकम बुझाए पछिमात्र दूतावासले राहदानी छपाईका लागि आवेदन फाराम राहदानी विभाग, नारायणहिटी काठमाण्डौमा पठाउदछ । राहदानी बन्नका कतिपय अवस्थामा फोटो, फाराम, भरिएको विवरण अदि नमिल्ने जस्ता प्राविधिक कारणले केहि समय लाग्न सक्छ । यसरी कुनै व्यहोरा सच्याउनु पर्ने भएमा दुतावासले सो को जानकारी आवेदकलाई गराउदछ र सो नसच्चिए सम्म राहदानी बन्न सक्दैन ।
फाराम जाँच रुजु गर्न, कुरियरबाट फाराम काठमाण्डौ पठाउन र त्यहाँबाट दूताबाससम्म तयारी राहदानी आउन समय लाग्दछ ।
सबै विवरण मिलेमा राहदानी तयार हुन्छ । राहदानी तयार भई दुताबासमा प्राप्त हुनासाथ आवेदकलाई जानकारी गराईन्छ । राहदानी बनेको जानकारी पाए पछि आवेदकले राहदानी लिनका लागि नागरिकता र पुरानो सक्कल राहदानी सहित स्वयं उपस्थित हुने वा कुरियस मार्फत पठाउनु पर्दछ ।
हाल राहदानी विभागले विदेशस्थित नियोगमा आवेदन दिनेहरुको जानकारीका लागि आवेदनको स्थिति विभागको वेभ पेजमा राख्ने गरेको छ । यसको जानकारीका लागि विभागको निम्न वेभ पेजमा हेर्न सकिने छ ।
http://nepalpassport.gov.np/
सम्बन्धित निकायबाट लेखिआएमा देहायका व्यक्तिलाई राहदानी जारी गर्न इन्कार गर्न सकिनेछः–
1. राहदानी तथा अध्यागमन सम्बन्धी कसूरमा कानूनबमोजिम मुद्दा चलिरहेको वा अदालतबाट कसूरदार ठहर भई सजाय भोगी रहेको,
2. बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानूनबमोजिम कालोसूचीमा परेको,
3. भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेको वा अदालतबाट कसुरदार ठहर भइ सजाय भोगि रहेको,
4. मानव बेचबिखन वा अपहरण वा लागू औषधिको कारोवार सम्बन्धी कसूरमा मुद्दा चलिरहेको वा अदालतबाट कसूरदार ठहर भई सजाय भोगिरहेको,
5. अदालतबाट विदेश जान रोक लगाएको वा राहदानी जारी नगर्न आदेश भएको,
6. कानूनबमोजिम राहदानी रोक्का राख्ने वा जारी नगर्ने व्यवस्था भएको ।