टर्किएको इस्तानबुल शहरमा घुम्ती सेवा सञ्चालन हुने सम्बन्धमा
टर्किएको इस्तानबुल शहरमा घुम्ती सेवा सञ्चालन हुने सम्बन्धमा
टर्किएको इस्तानबुल तथा अन्य शहरहरूमा रहने नेपाली नागरिकहरूको राहदानी नवीकरणका लागि Live Enrollment सेवा प्रदान गर्न यस नियोगले गैरआवासीय नेपाली संघ, टर्किएसँगको समन्वयमा इस्तानबुल शहरमा निम्न मिति र समयमा घुम्ती शिविर सञ्चालन गर्ने भएकोले सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छः
मितिः २०८३ मंसिर २६ र २७ गते (डिसेम्बर १२ र १३, २०२६)
समयः बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म
सेवाः राहदानी नवीकरणका लागि Live Enrollment
शिविर स्थलः पछि जानकारी गराइने
(यस शिविरमा सन् २०२८ जनवरी ३१ सम्म वा सो मितिभन्दा अगाडि नै म्याद सकिने राहदानीहरूको नवीकरणका लागि मात्र आवेदन गर्न सकिनेछ। सन् २०२८ जनवरी ३१ भन्दा पछाडि म्याद समाप्त हुने राहदानीहरूका लागि शिविरमा आवेदन बुझिने छैन।)
ध्यान पुर्याउनुपर्ने विषयहरूः
- आवेदन फाराम भर्नका लागि सर्वप्रथम यस लिंक https://online.nepalpassport.gov.np/application/pre-enrollment-home मा जानुहोस्।त्यसपछि (१) राहदानी नवीकरण गर्न Passport Renewal वा (२) सट्टा राहदानी हराएको/चोरी भएको Passport Replacement (Lost/Stolen) वा (३) सट्टा राहदानी विग्रिएको Replacement (Damaged) मध्ये एक विकल्पमा (यी तीन विकल्प बाहेक अन्यमा आवेदन गर्नुपर्ने अवस्थामा नेपाली राजदूतावासमा सम्पर्क गरेर मात्र गर्नुहोला) क्लिक गर्नुहोस्। यस चरणमा गलत विकल्प छनोट भएमा उक्त आवेदन राहदानी विभागबाट रद्द हुने हुँदा होसियारीपूर्वक विकल्प छनोट गर्नुहोस्। त्यसपछि खुल्ने पेजमा देब्रेबाट Ordinary 34 Pages छान्नुहोस् (Ordinary 66 pages पनि लिन सकिने तर त्यस्तो पासपोर्टको दस्तुर अमेरिकी डलर १३० तोकिएको) र पेजको दाहिनेतर्फ उल्लेखित ४ वटा बुँदाहरू राम्रोसँग पढेर अगाडि बढ्नुहोस्। त्यसपछि Location छनोट गर्दा NE, Islamabad छनोट गर्नुहोस्। अनि रीतपूर्वक फाराम भरिसकेपछि QR Code सहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्नुहोस्। प्रिन्ट गरिएको फाराम शिविरमा आउँदा साथमा लिएर आउनुपर्नेछ।
- फाराममा उल्लेखित विवरणको जिम्मेवारी आवेदक स्वयंमा हुनेछ। तसर्थ, फाराम भर्दा अत्यन्त होसियारीसाथ कुनै पनि विवरण फरक नपर्ने गरी भर्नुहुन अनुरोध छ।
- राहदानी आवेदनका लागि शिविरमा आउँदा सक्कलै पासपोर्ट (हराएको/चोरी भएको बाहेक) अनिवार्य साथमा हुनुपर्नेछ। साथै, उपलब्ध भएसम्म सक्कल नागरिकता र सक्कल नागरिकता साथमा नभएमा दुवै पेज प्रष्ट देखिने फोटोकपी साथमा लिएर आउनुपर्नेछ। राहदानी आवेदन पेश गर्दा आवश्यक पर्ने कागजात तथा शुल्कसम्बन्धी विस्तृत विवरणः https://pk.nepalembassy.gov.np/pages/passport-and-other-services/ बाट पनि प्राप्त गर्न सकिने छ।
- घुम्ती शिविरमार्फत आवेदन पेस गर्दा ३४ पृष्ठको राहदानीका लागि नवीकरण शुल्क अमेरिकी डलर ८० र राहदानी बिग्रेको/नष्ट भएको/हराएको भएमा थप पचास प्रतिशत अर्थात् अमेरिकी डलर १२० तोकिएको छ। नेपाली राजदूतावास, इस्लामावादको राजस्व खातामा विदेशबाट व्यक्तिले रकम Transfer गर्न नमिल्ने भएको हुँदा राहदानी दस्तुरका लागि शिविरमा नगदै लिएर आउनु हुन अनुरोध छ।
थप जानकारी तथा समन्वयका लागि
१) नेपाली राजदूतावास, इस्लामावाद
सम्पर्क नम्बरः +९२ ३३१ ७५६ ०३५६ (WhatsApp), +९२ ३३३ ८५५८८५१ (WhatsApp)
इमेलः eonislamabad@mofa.gov.np
२) गैर आवासीय नेपाली संघ, टर्किए
सम्पर्क नम्बरः +९० ५३७ २७७ ७१९६ (WhatsApp)
नेपाल फर्कनका लागि एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document) को आवश्यकता पर्ने भएमा सो समेत घुम्ती सेवामार्फत उपलब्ध गराइनेछ।
नेपाली राजदूतावास, इस्लामावाद।
२०८३ मंसिर ०१ (१७ नोभेम्बर २०२६)