वैदेशिक रोजगार बचतपत्र – २०८६ (क) निष्काशन सम्बन्धी सूचना

वैदेशिक रोजगार बचतपत्र – २०८६ (क) निष्काशन सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८१/०८/१२ मा प्रकाशन गरेको सूचना देहायबमोजिम रहेको छ। वैदेशिक रोजगार बचतपत्र – २०८६ (क) निष्काशन सम्बन्धी सूचना वेदेशिक रोजगारीका सिलसिलामा रहनुहुने नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले प्रस्तुत लिंकमा गई थप जानकारी लिन र इच्छुक खरीदकर्ताले ढिलोमा २०८१/०९/१४ सम्ममा बचतपत्र खरीदका लागि अनलाइनबाटै आवेदन गर्न

तुर्कीयको इस्तानबुलमा घुम्ती सेवा संचालन हुने बारेमा जरुरी सूचना

तुर्कीयको इस्तानबुल र वरपरका क्षेत्रहरुमा रहने नेपाली नागरिकहरुलाई राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले यस राजदूतावासले राहदानी विभाग, त्रिपुरेश्वरसँगको सहकार्यमा देहायको मिति, समय र स्थानमा घुम्ती सेवा सञ्चालन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ। मितिः २०८१ असोज १० देखी १३ गते सम्म (२६ देखि २९ सेप्टेम्बर २०२४) समयः विहान ९ देखी बेलुका

Notice

This is to inform that the phone and fax lines of the Embassy (Phone No. 051-2610321 and Fax No. 051-2610320) have been non-functional since 3 July 2024. The problem has been reported to PTCL, our telephone service provider, and they are currently working to restore these services at their earliest convenience. We regret any inconvenience caused by this disruption. The

प्रेश विज्ञप्ति-गणतन्त्र दिवस, २०८१ मनाइएको

गणतन्त्र दिवस, २०८१ को उपलक्ष्यमा नेपाली राजदूतावासमा आज एक कार्यक्रमको आयोजना गरियो। राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र गणतन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो। उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। पाकिस्तानका

प्रेश विज्ञप्ति-२५६८औं बुद्ध जयन्ती मनाएको।

२५६८औं बुद्ध जयन्तीका अवसरमा आज इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुहुँदै बौद्ध दर्शनका प्रमुख सिद्धान्तहरु जस्तै अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत एवं जीवनउपयोगी मूल्य, मान्यताहरू समसामयिक रहेको विचार व्यक्त गर्नुभयो। बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई

नेपाली राजदूतावासको सूचना

किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा घटेका घटनाका सन्दर्भमा करीब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपालीहरु हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ। साथै, कुनै प्रकारको समस्या परेमा यस राजदूतावासमा वा स्थानीय नेपालीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध छ। यस विषयमा कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा यस राजदूतावासको फोन नं. +92512610321 (ह्वाट्सयाप

पाकिस्तान भ्रमण गर्ने नेपाली नागरिकहरूलाई सूचना

भारतको बाटो हुँदै सतह/स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोप लगायतका कागजातहरू दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रकृयामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजात, भिषा एवं खोप कार्ड लगायतका कागजातहरू दुरूस्त रहेको यकीन गरेर मात्र भ्रमण गर्नुहुन अनुरोध गरिएको छ।

Public Notice-Vehicle Sale

Public Notice The Embassy wishes to sale a BMW 520d (2007) duty unpaid diplomatic vehicle on an as is where is basis. Interested firms or individuals are invited to submit their proposal in a sealed envelope by 13 March 2023. The vehicles can be inspected on 02 March 2023 from 10 am to 1 pm at the Embassy with a

राजदूतावासको अपिल

टर्कीमा आज गएका दुई शक्तिशाली भुकम्पहरू एवं पराकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ। हालसम्म पनि परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीहरू सम्बन्धी खबर प्राप्त भएमा