हार्दिक अपिल !!!
हार्दिक अपिल !!!
यही मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
यस विपद्‌बाट प्रभावितहरुको उद्दार, राहत र पुनस्थापनाका लागि यसै सूचना अनुसारका बैंक खाताहरू मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।