Introduction: The Embassy of Nepal was established in Islamabad in 1967. Besides host country Pakistan, this Embassy is concurrently accredited to five other countries- Kyrgyz Republic, Republic of Tajikistan, Republic of Turkey, Turkmenistan and Republic of Uzbekistan. According to the Vienna Convention on Diplomatic Relations 1961, main functions of the Embassy are: Representing Nepal in Pakistan and other five accredited countries. Protecting the interests of Nepal and of her nationals in Pakistan and other five accredited countries within the limits permitted by international law; Negotiating with the Government of Pakistan and other five accredited countries. Ascertaining by all lawful means conditions and developments in Pakistan and other five accredited countries, and reporting thereon to the Government of Nepal; Promoting friendly relations between Nepal and Pakistan and other accredited countries, and developing economic, cultural and scientific relations. The Embassy has been providing consular services to the Nepali nationals living in Pakistan and other accredited countries. … [ Read More ... ]
टर्कीमा आज गएका दुई शक्तिशाली भुकम्पहरू एवं पराकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ।
हालसम्म पनि परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीहरू सम्बन्धी खबर प्राप्त भएमा देहायको सम्पर्क नम्बरहरूमा जानकारी दिनुहुन सबैमा अपिल गरिएको छ।
१. नेपाली राजदूतावास, इस्लामाबाद
फोन नं.: ००९२ ५१२६१०३१७
ह्वाट्सयाप नं.: 0092512610321
इमेल: eonislamanad@mofa.gov.np
२. श्री विनोद पौडेल
टर्की
सम्पर्क नं. +90 537 277 71 96
___________
नेपाली राजदूतावास
इस्लामाबाद
२०७९ माघ २३
नेपाली दूतावास, इस्लामाबादमा ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका
1. राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायका चारमध्ये राहदानीको अवस्थाअनुसार कुनै एक आवेदनको प्रकार छान्ने।
● New: पहिलो पटक राहदानी बनाउने भए (नेपाली बाबु आमाका विदेशमा जन्मेका सन्तानको हकमा मात्र) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ
● Renewal: पुरानो MRP हुनेहरुले नवीकरण
● Lost/Stolen: हालको राहदानी हराएको हकमा हराएको/चोरिएको तथा
● Damaged: हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको
2. त्यसपछि Ordinary छान्ने र आवश्यकताअनुसार 34 pages वा 66 pages भन्ने छान्ने।
3. त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु शुद्धसँग भर्ने। इस्लामाबादमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं राख्नु नपर्ने।
4. आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात (बुँदा नं. ६ बमोजिम ) छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने।
5. Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Islamabad अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने। बुंकिग गरेको मितिमा विहान ९ बजे देखि अपरान्ह १ बजेसम्म राजदूतावासमा आउन सकिने।
6. तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ। फारमका साथमा नागरिकताको प्रमाणपत्र, पुरानो राहदानी सक्कलै र 34 pages को राहदानीको लागि अमेरिकी डलर ८० र 66 pages को लागि अमेरिकी डलर १३० बराबरको दूतावासले तोकेको स्थानीय मुद्रा सँगै ल्याउनुपर्ने छ।थप जानकारीका लागि यो वेवसाइटको Consular Services भित्र गई राहदानी र अन्य कन्सुलर सेवा भन्ने पेज खोल्नुहोला।
दूतावासमा सम्पर्क गर्न सकिने सञ्चारमाध्यमहरु
राहदानी, यात्रा अनुमतिपत्र, कागजात प्रमाणीकरण, नेपाली विद्यार्थीहरुका लागि आवश्यक परेको NOC तथा टर्कीमा वैदेशिक रोजगारका लागि रहेका नेपाली नागरिकहरुले आफूलाई परेको वैदेशिक रोजगारसम्बन्धी समस्याहरुका सम्बन्धमा नेपाली राजदूतावास, इस्लामावादमा देहायका माध्यमबाट सम्पर्क गर्नु हुन अनुरोध छ।
टेलिफोन नम्वरहरुः +92512610317 र +92512610318
Email: eonislamabad@mofa.gov.np, eonislamabad@gmail.com
सार्वजनिक विदाका दिन तथा कार्यालय समय बाहेकको समयमा इमेल वा दूतावासको facebook page: Embassy of Nepal, Islamabad मार्फत लेखी पठाउन सक्नु हुनेछ।
अति जरुरी अवस्था परी सम्पर्क गर्न आवश्यक भएमा मोवाइल नम्वर +923355039906 मा पुरा नाम, सम्पर्क इमेल वा सम्पर्क मोवाइल नम्वर वा सम्पर्क अन्य सञ्चारमाध्यमसहित WhatsApp मार्फत text वा voice message पठाउन सकिनेछ।
***