राहदानी तथा अन्य कन्सुलर सेवा

नेपाली राजदूतावास, इस्लामावादबाट पाकिस्तान तथा यस दूतावास सहप्रमाणीकरण भएका मुलुकहरु (टर्की, इरान, किर्गिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान र ताजकिस्तान) मा रहेका नेपाली नागरिकहरुलाई प्रदान हुने राहदानी तथा अन्य कन्सुलर सेवासम्बन्धी विवरण।

नेपाली राजदूतावास, इस्लामाबादबाट विद्युतीय राहदानी (ePassport) का लागि आवेदन दिँदै हुनुहुन्छ भने यो लिंक क्लिक गर्नुहोलाः ई-पासपोर्ट सम्बन्धी सूचना – Embassy of Nepal – Islamabad, Pakistan (nepalembassy.gov.np)


क्र.सं. सेवा प्रवाहका किसिमहरु आवश्यक कागजात सेवा प्रवाह सम्बन्धित थप जानकारी शूल्क (पाकिस्तानी रुपैयामा)
नेपाली राहदानी र नेपाल फर्कन एकतर्फी यात्रा अनुमतिपत्र सम्बन्धी
१क राहदानी (MRP) नवीकरण – रितपूर्वक भरिएको राहदानी फाराम दुई प्रति ।

– तोकिएको ढाँचाको फोटो दुई प्रति ।

– नेपाली नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति ।

– पुरानो राहदानीको सक्कल र सोको फोटोकपी एक प्रति।

– पाकिस्तानमा रहेकाहरुको हकमा निवेदक स्वयम् दूतावासमा उपस्थित भई राहदानीको लागि निवेदन र अन्य आवश्यक कागजात पेश गर्न सकिनेछ। यसरी प्राप्त राहदानीसम्बन्धी निवेदन सोही दिन आवश्यक प्रक्रियाका लागि अघि बढाइने।

– इमेल पठाउनुको प्रयोजन, पुरा नाम, हाल बसोबास गरिरहेको शहर र मुलुक तथा सम्पर्क नम्बर सहित राहदानीको फाराम र आवश्यक कागजात दूतावासको इमेल मार्फत पठाउन सक्नु हुनेछ।

– इमेलमार्फत प्राप्त राहदानी निवेदन र कागजातका सम्बन्धमा निवेदकसँग थप सूचना/जानकारी प्राप्त गर्न वा नपुग कागजात वा सूचनाको विषयमा २ कार्यदिन भित्र इमेलमार्फत सम्पर्क गरिने।

– निवेदकको सहजताको लागि सम्बन्धित निवेदकसँग इमेल/टेलिफोन मार्फत दोहोरो सम्पर्क स्थापित भई नपुग कागजात तथा सूचनाका विषयमा जानकारी गराएपछि मात्र राहदानीको सक्कल निवेदन तथा आवश्यक सक्कल कागजात कुरियरमार्फत दूतावासको ठेगानामा पठाउन अनुरोध गरिने गरिएको।

– दश वर्ष भन्दा मुनिका नाबालकको नयाँ राहदानी जारी गर्दा वा नवीकरण गर्दा पाँच (५) वर्ष वहाल भएको राहदानी जारी हुने नियम रहेको छ।

राहदानी फाराम राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np बाट प्राप्त गर्न सकिनेछ।

पा.रु. २३,२००/-

(इरानमा रहेका नेपालीको लागि पा.रु. १४,५००/)

१ख दश वर्षभन्दा कम उमेरका नाबालकको नयाँ राहदानीको लागि आवेदन गर्दा – रितपूर्वक भरिएको राहदानी फाराम दुई प्रति ।

– तोकिएको ढाँचाको फोटो दुई प्रति ।

– नेपालमा जन्मेको हकमा नाबालक परिचयपत्र र नेपाली राहदानी तथा सोको फोटोकपी एक/एक प्रति।

– विदेशमा जन्मेको हकमा सम्बन्धित मुलुकबाट जारी जन्मदर्ताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति।

– नाबालकको बाबु आमाको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी एक/एक प्रति ।

– नाबालकको बाबु आमाको विवाह दर्ताको फोटोकपी एक प्रति ।

पा.रु. ११,६००/-
१ग हराएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा – रितपूर्वक भरिएको राहदानी फाराम दुई प्रति ।

– तोकिएको ढाँचाको फोटो दुई प्रति ।

– नेपाली नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति ।

– हराएको राहदानी सम्बन्धमा स्थानीय प्रहरी रिपोर्ट ।

– पुरानो राहदानीको फोटोकपी एक प्रति।

पा.रु. ४६,४००/-
१घ जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले विग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा – रितपूर्वक भरिएको राहदानी फाराम दुई प्रति ।

– तोकिएको ढाँचाको फोटो दुई प्रति ।

– नेपाली नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति ।

– पुरानो राहदानीको सक्कल र सोको फोटोकपी एक प्रति।

पा.रु. ४६,४००/-
नेपाल फर्कन एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document) – यात्रा अनुमतिपत्रका लागि निवेदन र रितपूर्वक व्यक्तिगत विवरण भरिएको राहदानी फाराम एक/एक प्रति। ।

– तोकिएको ढाँचामा हालसालै खिचेको फोटो चार प्रति।

– नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी एक प्रति।

– पछिल्लोपटक विदेश आउँदा प्रयोग गरेको पुरानो राहदानीको फोटोकपी एक प्रति ।

 

नाबालकको हकमाः

– नाबालकको तर्फबाट यात्रा अनुमतिपत्रका लागि निवेदन र रितपूर्वक व्यक्तिगत विवरण भरिएको राहदानी फाराम एक/एक प्रति।

– नाबालकको नाबालक परिचय पत्र वा जन्मदर्ताको प्रमाणपत्रको फोटोकपी एक प्रति ।

– बाबु आमाको नेपाली नागरिकताको प्रमाणपत्र तथा राहदानीको फोटोकपी एक/एक प्रति ।

– बाबु आमाको विवाहदर्ता प्रमाणपत्रको फोटोकपी एक प्रति ।

– नाबालकको तोकिएको ढाँचामा हालसालै खिचिएको फोटो ४ प्रति ।

– यात्रा अनुमति पत्रका लागि निवेदक स्वयम् दूतावासमा उपस्थित भई वा इमेलमार्फत आवश्यक कागजात पठाउन सकिने।

– निवेदक स्वयम् दूतावासमा उपस्थित भएको हकमा सोही समयमा र इमेलमार्फत प्राप्त निवेदनको हकमा १ कार्यदिन भित्र इमेलमार्फत जवाफ पठाई कार्यवाही अघि बढाइने।

यात्रा अनुमतिपत्र फारामका लागि यहाँ क्लिक गर्नुहोस्।

पा.रु. १४,५००/-
पाकिस्तान र यस दूतावास सहप्रमाणीकरण भएका मुलुकहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि शैक्षिक प्रमाणपत्र प्रमाणीकरण तथा अन्य सेवा सम्बन्धी
शैक्षिक प्रमाणपत्र प्रमाणीकरण एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजात

 

– प्रमाणीकरणका लागि दूतावासलाई सम्बोधन गरेको निवेदन।

– नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी एक/एक प्रति ।

– जुन कागजात (document) प्रमाणित गर्नुपर्ने हो सोको सक्कल र एक प्रति फोटोकपी ।

 

– निवेदक स्वयम् दूतावासमा उपस्थित भएको हकमा सोही दिन काम सम्पन्न हुने। इमेलमार्फत प्राप्त निवेदनको हकमा १ कार्यदिन भित्र इमेलमार्फत जवाफ पठाइने।

– नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, काठमाडौबाट र यस दूतावास रहेको मुलुक पाकिस्तान तथा यस दूतावाससँग सहप्रमाणीकरण भएका मुलुकहरुका सम्बन्धित निकायहरुबाट जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट वा इस्लामावादस्थित सम्बन्धित मुलुकका राजदूतावासद्वारा प्रमाणीकरण भएको हुनुपर्नेछ।

प्रति कागजात (पाना-१) पा.रु. १४५०/-
विश्वविद्यालय वा अन्य शैक्षिक संस्थामा अध्ययनरत वा अध्ययनका लागि आउने नेपाली विद्यार्थीका लागि NOC, घरवहालमा लिन लगायतका सिफारिस – नेपालको शिक्षा मन्त्रालयबाट जारी NoC

– नेपाली राहदानीको फोटोकपी एक प्रति ।

– सम्बन्धित विश्वविद्यालय/कलेजबाट जारी bonafide letter वा Admission Letter

– कुन प्रयोजनका लागि NoC चाहिएको हो सो स्पष्ट खुलाई आफ्नो नाम, विश्वविद्यालय/कलेज र सम्पर्क नम्बर सहितको दूतावासलाई सम्बोधन गरिएको निवेदन र आवश्यक कागजात इमेल मार्फत वा व्यक्ति स्वयम् दूतावासमा उपस्थित भई पेश गर्न सकिने।

– निवेदक स्वयम् दूतावासमा उपस्थित भएको हकमा सोही दिन र इमेलमार्फत प्राप्त निवेदनको हकमा १ कार्यदिन भित्र काम सम्पन्न गरिने।

निःशुल्क
वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरु सम्बन्धी
५क रोजगारदाताले तलब, सुविधा नदिएको, कामबाट निकालेको, दुर्व्यवहार गरेको लगायतका समस्याहरु समाधानमा पहल – नेपाली राहदानीको प्रतिलिपि ।

– रोजगारदातासँग गरेको कामको करार सम्झौताको प्रतिलिपि ।

– टर्कीमा प्राप्त work permit को प्रतिलिपि ।

– नेपालबाट पठाउने र टर्कीमा काममा लगाउने कम्पनी/रोजगारदाता तथा निवेदकको सम्पर्क नम्बरसहितको समस्याको पुरा विवरण लेखिएको निवेदन ।

– अन्य केही भए खुलाउने ।

– आवश्यक विवरण र कागजात सहित इमेलमार्फत निवेदन पठाउन सकिने। इमेल/टेलिफोनमार्फत यथाशक्य छिटो सम्बन्धित निवेदकलाई सम्पर्क गरिने।

नमूना निवेदन फारामका लागि यहाँ क्लिक गर्नुहोस।

निःशुल्क
५ख खोजतलास तथा उद्धार, घाइतेसम्बन्धी वा अन्य यस्तै प्रकारका सेवाहरु – निवेदकको नेपाली राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी एक प्रति ।

– माग गरिएको कन्सुलर सेवा सम्बन्धित उपलब्ध कागजात ।

– प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम र सम्पर्क नम्बर सहित दूतावास सम्बोधित निवेदन र जुन प्रयोजनका लागि निवेदन पेश गरिएको हो सो सम्बन्धमा उपलब्ध भएसम्मका प्रमाण, कागजात संलग्न राखी दूतावासको इमेलमार्फत पेश गर्न सकिने छ। निःशुल्क
५ग मृतकको शव नेपाल लैजाने तथा मृतकको क्षतिपूर्ति सम्बन्धी काम – स्थानीय निकाय (गाउँपालिका वा नगरपालिका) बाट मृतकसँगको हकदारहरुको नाता प्रमाणितको कागजात बनाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग, काठमाडौंबाट प्रमाणीकरण गराउने र कागज लिई सम्बन्धित हकदार (हरू) कन्सुलर सेवा विभागको कानूनी परामर्श शाखामा सम्पर्क राख्ने ।

– कन्सुलर सेवा विभागको ढाँचामा सम्पर्क फोन नम्बरसहित निवेदन दिएपश्चात् त्यहाँ कार्यालयबाट उपलब्ध हुने Power of Attorney र मञ्जुरीनामा नामका दुई छुट्टाछुट्टै कागजात एउटै मसीले स्पष्टसँग भरेर विभागको रोहबरमा हस्ताक्षर गर्ने र ल्याप्चे लगाउने ।

– माथिका कागजात सोही कन्सुलर सेवा विभागमार्फत दूतावासमा प्राप्त भएपछि दूतावासबाट आवश्यक प्रक्रिया शुरु हुने र आवश्यक परेमा सम्बन्धित निवेदकलाई टेलिफोनमार्फत सम्पर्क गरिने।

– यस प्रकारका कामहरुमा लामो समय लाग्न सक्ने भएको हुँदा निवेदन दिएको मनासिब समयपछि राजदूतावासमा सम्पर्क राख्न सकिने छ ।

निःशुल्क
अन्य विषय, सेवाहरु सम्बन्धी
अङ्ग प्रत्यारोपण सिफारिस – अङ्ग प्रदान गर्ने दाता र अङ्ग प्रत्यारोपण हुने बिरामी बीच स्थानीय निकायबाट जारी नाता प्रमाणित ।

– नेपाल मेडिकल बोर्डको सिफारिसपत्र ।

– नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको No Objection Letter ।

– अङ्ग प्रदान गर्ने दाता र अङ्ग प्रत्यारोपण हुने बिरामी को नागरिकता, राहदानीको फोटोकपी र एक/एक थान तस्बिर

– अङ्ग प्रदान गर्ने दाता र अङ्ग प्रत्यारोपण हुने बिरामी दुवैको सहमतिपत्र।

– अङ्ग प्रत्यारोपण हुने व्यक्तिको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी सिफारिसपत्र।

– कन्सुलर सेवा विभाग, काठमाडौंको सिफारिस पत्र ।

प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम, नेपाली राहदानी नम्बर र सम्पर्क नम्बर सहित दूतावासलाई सम्बोधन गरिएको निवेदन र आवश्यक कागजात संलग्न राखी दूतावासमा पेश गर्नुपर्ने। निःशुल्क
मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नेपाली नागरिकताको प्रमाणपत्र र सवारीचालक अनुमतिपत्र, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/मृत्यु दर्ता/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र वा अन्य यस्तै प्रकारका कागजात प्रमाणीकरण – दूतावासलाई सम्बोधन गरेको निवेदन ।

– प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजात र सोको फोटोकपी एक प्रति।

– सान्दर्भिक कागजात (Relevant/Supporting documents)।

– सम्बन्धित निवेदकको सक्कल राहदानी र सोको फोटोकपी एक प्रति।

– प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम, नेपाली राहदानी नम्बर र सम्पर्क नम्बर सहित दूतावासलाई सम्बोधन गरिएको निवेदन र जुन प्रयोजनका लागि निवेदन पेश गरिएको हो सो सम्बन्धी कागजात संलग्न राखी दूतावासको इमेलमार्फत पेश गर्न सकिने।

– निवेदक स्वयम् दूतावासमा उपस्थित भएको हकमा सोही दिन र इमेलमार्फत प्राप्त निवेदनको हकमा १ कार्यदिन भित्र जवाफ पठाइने।

– नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाडौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र यस दूतावास रहेको मुलुक पाकिस्तान तथा यस दूतावाससँग सहप्रमाणीकरण भएका मुलुकहरुका सम्बन्धित निकायहरुबाट जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट वा इस्लामावादस्थित सम्बन्धित मुलुकका राजदूतावासद्वारा प्रमाणीकरण भएको हुनु पर्नेछ।

 

पा.रु. ११,६००/-
बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाइँ सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजात प्रमाणीकरण – दूतावासलाई सम्बोधन गरेको निवेदन ।

– प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजात र सोको फोटोकपी एक प्रति।

– सान्दर्भिक कागजात (Relevant/Supporting documents)।

– सम्बन्धित निवेदकको सक्कल राहदानी र सोको फोटोकपी एक प्रति।

 

– प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम, नेपाली राहदानी नम्बर र सम्पर्क नम्बर सहित दूतावासलाई सम्बोधन गरिएको निवेदन र जुन प्रयोजनका लागि निवेदन पेश गरिएको हो सो सम्बन्धी कागजात संलग्न राखी दूतावासको इमेलमार्फत पेश गर्न सकिने।

– निवेदक स्वयम् दूतावासमा उपस्थित भएको हकमा सोही दिन र इमेलमार्फत प्राप्त निवेदनको हकमा २ कार्यदिन भित्र जवाफ पठाइने।

– नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाडौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र यस दूतावास रहेको मुलुक पाकिस्तान तथा यस दूतावाससँग सहप्रमाणीकरण भएका मुलुकहरुका सम्बन्धित निकायहरुबाट जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट वा इस्लामावादस्थित सम्बन्धित मुलुकका राजदूतावासद्वारा प्रमाणीकरण भएको हुनुपर्नेछ।

पा.रु. १४,५००/-
कबुलियतनामा (Affidavit) / मन्जुरीनामा – दूतावासलाई सम्बोधन गरेको निवेदन ।

– प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजात र सोको फोटोकपी एक प्रति।

– सान्दर्भिक कागजात

– सम्बन्धित निवेदकको सक्कल राहदानी र सोको फोटोकपी एक प्रति।

– प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम, नेपाली राहदानी नम्बर र सम्पर्क नम्बर सहित दूतावासलाई सम्बोधन गरिएको निवेदन सहित निवेदक स्वयम् दूतावासमा उपस्थित भई निवेदन दिनुपर्ने।

– नियोग प्रमुखको रोहबरमा कागजातमा हस्ताक्षर गर्नु पर्ने भएकोले यस सम्बन्धी कामको लागि सम्बन्धित व्यक्ति स्वयम् दूतावासमा उपस्थित हुनु पर्नेछ।

 

पा.रु. १४,५००/-
१० अधिकृत वारेशनामाको प्रमाणीकरण (Attestation of Power of Attorney) – अधिकृत वारेशनामा दिने व्यक्तिको दूतावासलाई सम्बोधन गरेको निवेदन।

– प्रचलित कानूनबमोजिम तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामाको सक्कल दुई प्रति।

– अधिकृत वारेशनामा दिनेको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली राहदानीको सक्कल तथा सम्बन्धित मुलुकमा बसोबास गरिरहेको सम्बन्धी कागजात (भिसा) र सोको एक/एक प्रति फोटोकपी ।

– घर/जग्गासम्बन्धी अधिकृत वारेशनामा भएमा घर/जग्गाको लालपुर्जा र चालु वर्षको तिरो तिरेको रसिदको फोटोकपी ।

– सान्दर्भिक कागजात।

– प्रयोजन स्पष्ट खुलाई निवेदकको नाम, नेपाली राहदानी नम्बर र सम्पर्क नम्बर सहित दूतावासलाई सम्बोधन गरिएको निवेदन सहित निवेदक स्वयम् दूतावासमा उपस्थित भई निवेदन दिनुपर्ने।

– नियोग प्रमुखको रोहबरमा कागजातमा हस्ताक्षर गर्नु पर्ने भएकोले यस सम्बन्धी कामको लागि सम्बन्धित व्यक्ति स्वयम् दूतावासमा उपस्थित हुनु पर्नेछ।

पा.रु. २९,०००/-

राजदूतावासबाट प्रवाह हुने राहदानी तथा अन्य कन्सुलर सेवा सम्बन्धी थप सूचना, जानकारी र अनुरोधः
१. राहदानी तथा अन्य कन्सुलर सेवाका लागि प्राप्त हुने निवेदन/कागजात निवेदकको सहजताको लागि नपुग कागजात वा सूचना तथा दूतावासबाट उपलब्ध गराउनुपर्ने थप जानकारीका विषयमा सम्बन्धित निवेदकसँग इमेल/टेलिफोन मार्फत दोहोरो सम्पर्क स्थापित भएपछि मात्र राहदानी तथा अन्य सम्बन्धित कन्सुलर सेवाका लागि पेश गर्नुपर्ने सक्कल कागजात हुलाक वा कुरियर सेवा मार्फत दूतावासको ठेगानामा पठाउन अनुरोध गर्ने गरिएको छ।
२. आफू रहेको मुलुक/शहरबाट दूतावासमा सक्कल राहदानी वा अन्य कागजात पठाउँदा र प्राप्त गर्दा लाग्ने हुलाक वा कुरियर सेवा सम्बन्धी खर्च सम्बन्धित निवेदक स्वयम् ले व्यहोर्नु पर्नेछ।
३. पाकिस्तानभित्र इस्लामावाद/रावलपिण्डीवाहेकका अन्य शहरहरुबाट तथा यस राजदूतावास सहप्रमाणीकरण भएका मुलुकहरुबाट बैङ्क ट्रान्सफर गरी शुल्क पठाउँदा लाग्ने बैङ्क कमिशनवापतको रकम सेवाग्राही स्वयम् ले व्यहोर्ने गरी तोकिएको शुल्क बैङ्कमा जम्मा गर्नुपर्नेछ। तोकिएको राजस्व दस्तुर/शुल्क जम्मा गर्न दूतावासको बैङ्क खाता सम्बन्धी विवरण आफूले प्राप्त गर्न आवश्यक सेवा र जम्मा गर्न आवश्यक सेवा शुल्क सम्बन्धी विवरण इमेलमार्फत पठाई लिन सकिनेछ।

राजदूतावासमा कार्यालय समयभित्र सम्पर्क गर्न फोन नम्बरहरुः +92 51 2610317 र 2610318 तथा इमेलः eonislamabad@mofa.gov.np