राजदूतावासको अपिल

टर्कीमा आज गएका दुई शक्तिशाली भुकम्पहरू एवं पराकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ।

हालसम्म पनि परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीहरू सम्बन्धी खबर प्राप्त भएमा देहायको सम्पर्क नम्बरहरूमा जानकारी गराइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अपिल गरिएको छ।

१. नेपाली राजदूतावास, इस्लामाबाद
फोन नं.: ००९२ ५१२६१०३१७
ह्वाट्सयाप नं.: 0092512610321
इमेल: eonislamanad@mofa.gov.np

२. श्री विनोद पौडेल
इस्तानबुल, टर्की
सम्पर्क नं. +90 537 277 71 96

___________
नेपाली राजदूतावास
इस्लामाबाद
२०७९ माघ २३