Travel Documents

राहदानी हराई वा सोको म्याद समाप्तभै तुरुन्त नेपाल फर्कनु पर्ने तर नयाँ राहदानी वनाउनका लागि प्रयाप्त समय नहुने नेपाली नागरिकहरुले एकपाने यात्रा अनुमतिपत्रका लागि आवेदन दिन सक्दछन। यस प्रकारको यात्रा अनुमतिपत्र विदेशवाट नेपाल फर्कने एकतर्फी यात्राका लागि मात्र मान्यहुने र यसको म्याद जारी भएको मितिले जम्मा ९० दिनको मात्र हुनेछ ।

क) यात्रा अनुमतिपत्रका लागि आवश्यक कागजात

1. राहदानीको प्रतिलिपि

2. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

3. हालसालै खिचेको फोटो ४ प्रति

4. नियमानुसार भरिएको यात्रा अनुमतिपत्रको आवेदन फर्म (राहदानी फाराम र यात्रा अनुमतिपत्र फाराम एउटै हो )

5. राहदानी हराएको भएमा स्थानीय प्रहरी प्रतिबेदन वा प्रहरी प्रतिवेदन उपलब्ध हुन नसकेमा सोको कारण खोली एक निबेदन

6. उक्त देशमा रहेको प्रमाणजनाउने कुनै एक कागजात (जस्तै,रेसिडेन्ट कार्ड,कम्पनी परिचयपत्र, entry stamp सहितको भिसा आदि जुनसुकै एक कागजात)

7. यात्रा अनुमति पत्र जारी गरि पाउ भनि दूतावासको नाममा एक निवेदन

8. एक प्रति डिजिटल फोटो

9. फोटोको विवरणका लागि यहाँ क्लिक गर्नु होला

 

नेपाली आमा बावुबाट विदेशमा जन्मने नावालकहरुको हकमा यात्रा अनुमतिपत्रका लागि आवेदन दिंदाः

क)     रित पूर्वक भरिएको दरखास्त फाराम २ प्रति,

ख)     आमा बावु दुवैजनाको नागरिकताको प्रतिलिपि

ग)      आमा बावु दुबैको नेपाली राहदानीको प्रतिलिपि

ग)      आमा बावुको विवाहदर्ताको प्रमाणपत्र

घ)     नावालकको जन्मदर्ताको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपि

ङ)     ६ महिना भित्र खिचेको तोकिएको मापदण्ड बमोजिमको रंगिन फोटो ४ प्रति

 

यात्रा अनुमतिपत्रका लागि आवेदन दिँदा राहदानीका लागि आबेदन दिए जस्तै स्वयं उपस्थित हुनु पर्ने वा माथि उल्लिखित कागजातहरुको रङ्गिन scan प्रति तथा डिजिटल फोटो दूतावासको ईमेलमा पठाउने । दूतावासवाट कागजात रुजुगरे पछि  यसको निमित्त लाग्ने राजश्व दस्तुर पठाउनु पर्दछ । राजश्व दस्तुर प्राप्त हुनासाथ दूताबासबाट यात्रा अनुमतिपत्र तयार गरी कुरियर मार्फत पठाईने छ ।

  1. दस्तुर

यात्रा अनुमति पत्रको निमित्त पाकिस्तानी रुपिया ४,४००।­००

यात्रा अनुमतिपत्र कुरियर मार्फत पठाउनु पर्ने भएमा सो को दस्तुर तथा डिजिटल फोटो धुलाईको दस्तुर समेत आबेदकले व्यहोर्नु पर्दछ ।