शैक्षिक लगाएतका प्रमाणपत्र प्रमाणिकरण

यस दूतावासले शैक्षिक प्रमाणपत्र लगाएतका विभिन्न प्रकारका प्रमाणपत्रहरु कन्सुलर प्रमाणित गर्दछ । यस दूतावासमा प्रमाणिकरणका लागि आवेदन दिनु अघि उक्त प्रमाणपत्रहरु निम्न अनुसार प्रमाणित गरिएको हुनु पर्दछ ।

1. नेपाल सरकारका विभिन्न निकायहरु वा नेपाल सरकार समक्ष विधिवत स्थापना भएका विध्यालय, विश्वविद्यालय तथा अन्य संघसस्थाहरुद्वारा जारी प्रमाणपत्रहरुको हकमा नेपाल सरकार परराष्ट्र मन्त्रालय, काठमाण्डौबाट प्रमाणिकरण भएको हुनु पर्ने ।

2. पाकिस्तानका सरकारी निकाय वा पाकिस्तानमा विधिवत स्थापना भएका विध्यालय, विश्वविद्यालय तथा अन्य संघसस्थाहरुद्वारा जारी प्रमाणपत्रहरुको हकमा पाकिस्तान सरकार परराष्ट्र मन्त्रालय वा परराष्ट्र मन्त्रालय अन्तर्गत प्रदेशमा रहेका क्याम्प अफिसद्वारा प्रमाणिकरण भएको हुनु पर्ने ।

3. यस दूतावाससँग सहप्रमाणिकृत मूलुकहरु अफगानिस्तान, इराक, इरान र टर्किका सरकारी निकाय वा विधिवत स्थापना भएका विध्यालय, विश्वविद्यालय तथा अन्य संघसस्थाहरुद्वारा जारी प्रमाणपत्रहरुको हकमा तत् तत् मुलुकका परराष्ट्र मन्त्रालयबाट वा ईस्लामाबाद स्थित सम्बन्धित मूलुकका राजदूताबासद्वारा  प्रमाणिकरण भएको हुनु पर्ने ।
प्रमाणिकरणका लागि सकभर स्वयं उपस्थित हुन पर्दछ । यदि स्वयं उपस्थित हुन कुनै कारणले असुविधा पर्न गएमा कारण खोलि अन्य कुनै विश्वाशिलो नेपाली नागरिकलाई लिखित अख्तियारी दिई पठाउन सकिने छ । स्वयं उपस्थित हुन नसक्ने तथा अरुलाई अख्तियारी दिई पठाउन पनि नसकिने भएमा प्रमाणिकरणका लागि आवश्यक कागजातहरुको रङ्गिन scan प्रति, नागरिकता र राहदानीको प्रतिलिपि यस दूतावासको ईमेल eonislamabad@mofa.gov.np मा पठाउने र दूतावासवाट कागजात रुजुगरी ठीक रहेको जानकारी आवेदकलाई ईमेलबाट गराईए पछि सक्कल कागजात भरपर्दो कुरियार मार्फत पठाउने र राजश्व दस्तुर तथा कागजात फिर्ता गर्न लाग्ने कुरियर दस्तुर समेत पठाउने ।
प्रमाणिकरणका लागि निम्न कागजात सहित निवेदन दिनु पर्दछः
1. प्रमाणिकरणका लागि अनुरोध फाराम (यहाँ डाउनलोड गर्नुहोस)
2. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि
3. नेपाली राहदानी र सोको एक प्रति प्रतिलिपि
4. जुन कागजात (Document) प्रमाणित गर्नुपर्ने हो सो को सक्कल र एक प्रति फोटोकपी
प्रमाणिकरणका लागि लाग्ने दस्तुर
प्रति पेज पाकिस्तानी रुपिया २२५।००