थाहापाई राखौ

विदेश जाँदा जान्‍नुपर्ने प्रमुख कुराहरुः

के तपाइ विदेश जादै हुनुहुन्छ? या विदेशमा वसिहरनु भएको छ ? यदी हो भने निम्न कुराहरु जान्‍नै पर्ने हुन्छ ।

1. कुनै पनि मुलुकले विदेशी नागरिकहरुलार्इ आफ्नो देशमा प्रवेश गर्नका लागि एक अनुमति दिने गर्दछन् जसलार्इ प्रवेशाज्ञा (भिसा) भन्‍ने गरिन्छ । यस्तो भिषा उक्त मुलुकको अधिकार प्राप्त निकायबाट जारी हुन्छ जसमा कहिले सम्म उक्त मुलुकमा जान पाउने‚ कति पटक जान पाउने‚ कति समय वस्न पाउने जस्ता प्रावधान उल्लेख गरिएको हुन्छ । भिषा स्वयंममा अन्तिम स्वीकृति नभएको हुँदा भिषा लिई गएता पनि उक्त मुलुक प्रवेष गर्न ईन्कार गर्ने अधिकार सम्बन्धित मुलुकमा रहन्छ । नेपाली नागरिकहरुलार्इ भारत बाहेक अन्य जुनसुकै देशमा जादा पनि भिसा लिनुपर्ने हुन्छ । भिसा विभिन्‍न रुपमा प्राप्त हुन्छ, जस्तो कागजी भिसा, राहदानीमा दिर्इने भिसा, प्रवेश विन्दुमा दिइने भिसा (On arrival ) आदि । साथै भिसा स्वयंममा पनि विभिन्न प्रकारको हुन्छ, जस्तै विधार्थी भिसा, आगन्तुक (Visitor) भिसा, पर्यटक भिसा, single entry visa, multiple entry visa, resident visa, work visa, business visa आदि ।

a. भिसा प्राप्त गर्नका लागि म्याद नसकिएको मान्य (Valid) राहदानी आवश्यक हुन्छ । तर राहदानी हुदैमा सवै मुलुकको भिसा पाइन्छ भन्ने जरुरी हुदैन । भिसा सम्बन्धमा फरक-फरक देशका फरक- फरक नियम हुनेहुदा जुन देशमा जानुपर्ने हो त्यस देशको नियम अनुसार भिषा प्राप्त गर्नु पर्दछ ।

b. भिसा लिर्इ कुनै देशमा गए पछि सोहि मुलुकको कानुन लागु हुने हुन्छ । भिसाको अवधि जति समय सम्म छ त्यति समय सम्म मात्र त्यहा वस्न सकिन्छ अर्थात सो समय भित्रमा त्यो देश छाड्नुपर्ने हुन्छ । भिसाको अवधि भन्दा बढी बसेमा कानुनतः दण्डनीय हुने हुँदा भिसा अवधि भन्दा पछि सम्म वस्‍नुपर्ने छ भने भिसा नविकरण गरेर मात्र वस्‍नुपर्छ । कुनै देशमा वस्नका गि आवासीय भिषा प्रदान गर्दा राहदानीमै लगाउने, आवासीय कार्ड (Residence Card) जारी गर्ने वा सोहि प्रकारका अनुमति दिने गरिन्छ ।

1. कुनै देश गएपश्‍चात् नेपाल फर्कनका लागि सामान्यतया ३ कुरा जरुरत पर्दछ । (क) मान्य राहदानी (ख) फिर्ता टिकट (हवार्इ टिकट) (ग) उक्त देश छोड्ने (exit) अनुमति । भिसा बाँकी छ र त्यस देशमा दायित्व सृजना हुने कुनै कार्य भएको छैन भने सामान्यतः exit अनुमति जरुरी हुदैन, अन्यथा exit अनुमति जरुरी हुन्छ ।

2. नेपाल फर्कनका लागि राहदानी हराएको वा म्याद सकिएको भएमा यस दूतावासबाट एक पाने(तर्फी) यात्रा अनुमति पत्र जारी हुन सक्‍ने हुँदा सोका लागि यस दूतावासमा आवेदन दिन सकिन्छ ।

 

बैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले थाहापाई राख्ने कुराहरुः

1. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।

2. लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।

3. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।

4. बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

5. बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

6. बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा Visit भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

7. घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।

8. बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।

9. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।

10. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

11. बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।

12. बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

13. बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।

14. आम संचार माध्यममा प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।

15. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

16. काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।

17. बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।

18. काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।

19. करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।

20. सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।

21. कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।

22. कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम खतरा) हुन्छ ।

23. आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।

24. खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।

25. सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।

सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ ।